दुई कप फाइनल आज : चेल्सी र आर्सनल भिड्दै, बार्सिलोनाको समना आलाभेससँग
लण्डन, जेठ १३ – प्रिमियर लिग च्याम्पियन चेल्सीले आज एफएक कपको सेमिफाइनलमा शनिबार राती आर्सनलको सामना गर्दैछ ।
चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले जस्तो सुकै नतिजा आए पनि आर्सनलका प्रशिक्षक आर्सन वेंगर विश्वकै उत्कृष्ट प्रशिक्षकको रुपमा रहने बताएका छन् ।
६७ वर्षीय वेंगर सन् १९९६ देखि गनरको प्रशिक्षकको रुपमा रहेका छन् । उनको करार यही वर्ष सकिँदैछ ।
पछिल्लो समय निकै आलोचना खेपिरहेका वेंगरले आजको खेलमा जीत हात पारे सातौँ पटक यो प्रतियोगिता जित्दै कप प्रतियोगिताको सबैभन्दा सफल प्रशिक्षक बन्नेछन् ।
लिभपुलले पनि समान सात पटक उक्त उपाधि जितेको छ ।
यस सिजन दुई टोलीबीच भएका खेलमा दुवैले एक–एक खेल जितेका छन् ।
खेल आज राती नेपाली समयअनुसार १० बजेर १५ मिनेट जाँदा शुरु हुनेछ ।
उता, स्पेनिस लिग र च्याम्पियन्स लिगमा असफल बनेको बार्सिलोनाले पनि यो सिजन उपाधि जित्ने सम्भावना कायम रहेको छ ।
यो सिजन क्लब छाड्न लागेका प्रशिक्षक लुइस एनरिकेका लागि पनि यो उत्कृष्ट बिदाई हुने डिफेन्डर जेरार्ड पिके बताउँछन् ।
सन् २०१४ मा गेरार्डो मार्टिनोको स्थानमा बार्सिलोनाको प्रशिक्षक नियुक्त भएका एनरिकेले पहिलो सिजनमा नै च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको उपाधि जितेका थिए ।
राती १ बजे हुने खेलमा बार्सिलोनाले आलाभेसको चुनौती सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण