शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेस डोटीको पार्टी कार्यालयमा तालाबन्दी

शनिबार, १३ जेठ २०७४, १२ : ४८
शनिबार, १३ जेठ २०७४

डोटी, बैशाख १३–स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट वितरणमा ढिलाई गरेको भन्दै नेपाली कांग्रेस डोटीको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । विगत चार दिन यता काँग्रेस जिल्ला कार्य समिति बैठकले वडा, गाउँपालिका र नगरपालीकामा टिकट वितरण गर्न नसकेको भन्दै तालाबन्दी गरिएको नेपाल विद्यार्थि संघ डोटीका अध्यक्ष समेत रहेका आदर्श गाउँपालीकाका अध्यक्ष पदका आकांक्षी गणेश खड्काले बताए ।

काँग्रेस डोटीले हिजो जेठ १२ गतेसम्म गाउँपालिकाको टिकट वितरण गरी सक्ने तयारी गरेको भएता पनि शनिबारसम्म टुङ्गो लाग्न सकेको छैन । आसपासको नातावाद, पहुँच र व्यक्तिवादका आधारमा टिकेट वितरण गर्न खोजेका कारण पनि तालाबन्दी गरिएको बतार्ईएको छ ।

नेपाली कांग्रेस डोटीका पुर्व जिल्ला कार्य समितिका सचिव पदम रावत, साविकको निर्वाचन क्षेत्र नम्बर १ का पूर्व क्षेत्रिय सभापती तथा पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष पदका आकांक्षी बम बहादुर कठायत, नेविसंघका पूर्व विद्यार्थि नेता तथा जोरायल गाउँपालीकाका अध्यक्ष पदका आकांक्षी सोपान बोहरा र नेपाल विद्यार्थि संघ डोटीका अध्यक्ष गणेश खड्का लगाएतका नेताहरुले पार्टि कार्यालयमा तालाबन्दी गरेको बुझिएको छ ।

टिकट वितरणका लागि पार्टीभित्र व्यापक छलफल भईरहेकाले टिकट वितरण कार्यमा ढिलाई भएको काँग्रेस डोटी जिल्ला सभापती प्रदिप देउवाले बताए । नेपाली कांग्रेस एउटा ठूलो पार्टी भएको र लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गईरहेकाले आकांक्षी बढी भएका कारण उम्मेदवारको टुङ्गो लगाउन ढिलो भएको देउवाले बताए । तालाबन्दी हुनुका पछाडी पार्टीभित्रको लाईनको असर रहेको पनि बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप