शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ताप्लेजुङमा खोलाले बगाउदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता

शनिबार, १३ जेठ २०७४, १३ : ०९
शनिबार, १३ जेठ २०७४
ताप्लेजुङ, १३ जेठ । ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो । खोलाले बगाउँदा– २२ वर्षीय गोपाल तामाङ झन्डै एक किलोमिटर पर मृत अवस्थामा फेला परेकाछन् भने उनकी श्रीमती २१ वर्षीया रिना तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बेपत्ता रिनाको खोजी भइरहेको छ । शुक्रबार सो क्षेत्रमा ठूलो वर्षा भएकाले खोला बढेको स्थानीयवासीले बताएका छन् । खोलामा पानीको सतह बढे पनि दुबै एकैसाथ खोला तर्ने क्रममा अचानक बगेको बताइएको छ । सुतेकै ठाउँमा मृत फेला यसैगरी ताप्लेजुङ सदरमुकाम फुङ्लीङको एक होटलमा बेलुकी खाना खाएर सुतेका ट्रक चालक सुतेकै ठाँउमा मृत फेला परेका छन् । फुङ्लिङ नगरपालिका– ४ मा स्टाफ होटलमा खाना खाएर सुतेका ना २ ख ८५६९ नम्बरको ट्रकका चालक गणेश खवास आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । झापा घर भएका अन्दाजी ४०÷४५ वर्षीय खवास सहचालकसँगै सुतेका थिए । बिहान उठ्ने क्रममा उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप