शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सेनाका जवान खैरो हेरोइन सहित पक्राउ

शनिबार, १३ जेठ २०७४, १३ : १७
शनिबार, १३ जेठ २०७४

 काठमाडौं, जेठ १३– नेपाली सेनाका जवान सहित अर्का एकजना ३२ ग्राम खैरो हेरोईन सहित काठमाडौंको स्वयम्भुबाट पक्राउ परेका छन् । गोरखा पालुङटार स्थायी घर भई नेपाली सेनाको ब्यवसायिक तालिम केन्द्र छाउनीमा कार्यरत सैन्य जवान प्रविण भण्डारी सहित अर्का एकजनालाई खैरो हेरोईन सहित पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

भण्डारी सँगै पक्राउ पर्नेमा धादिङ्ग स्थायि घर भई राजधानीको सितापाईला बस्दै आएका २२ बर्षिय हेमन्तराज ढुंगाना रहेका छन् ।

भण्डारी र ढुंगानालाई गत जेठ ८ गते नियन्त्रणमा लिएर लागु औषध मुद्धा दर्ता गरिएको ब्युरोले जनाएको छ । यसैबिच रामेछापको मन्थली स्थायी घर भएर हाल बल्खु बस्दै आएका मनोज कुमार बस्नेतलाई ४४० ग्राम अवैध चरेस सहित प्रहरीले पक्राउ गरेको छ ।

उनलाई राजधानीको बल्खुबाट नियन्त्रणमा लिईएको ब्युरोले जनाएको छ ।

यसैगरी डोल्पाको मुड्केचुलाका दिपेन्द्र ठकुल्ला र गोरखाका राजु भट्टराईलाई पनि प्रहरीले ३० ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको छ । हाल किर्तीपुर बस्दै आएका ठकुल्ला र भट्टराईलाई चन्दागिरी नगरपालिका–९ मच्छेगाउँबाट नियन्त्रणमा लिईएको ब्युराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप