मतदाता शिक्षा बारे उदयपुरमा अन्तक्र्रिया
उदयपुर, १३ जेठ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले आज वृहत मतदाता शिक्षा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्लाको सम्पूर्ण राजनीतिक दलसहितको सहभागितामा सञ्चालन गरिएको उक्त अन्तक्र्रिया कार्यक्रममा दलका उम्मेदवारले कसरी उम्मेदवार मनोनयन र दर्ता गर्ने भन्ने विषयमा केन्द्रिकृत भई अन्तक्र्रिया सञ्चालन भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले बताए ।
यस्तै जिल्लामा अहिले २७५ जना मतदाता शिक्षा सञ्चालन गर्न विभिन्न सामाजिक परिचालक तथा प्रतिनिधिसमेत सञ्चालन गरेको र अव राजनीतिक दलहरुले समेत मतदातालाई मतदान गर्ने विषयमा प्रशिक्षण दिनुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत न्यायाधीश महेन्द्रबहादुर कार्कीले विचार व्यक्त गरे ।
कार्यक्रममा जिल्लामा आगामी जेठ ३१ गते निर्वाचन गराउन सुरक्षा निकायका सबै अङ्ग तयारी हालतमा रहेका कारण कुनै भयभित वातावरणमा सबैले ढुक्क भएर मतदान गर्न उदयपुरका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण