गोदावरी नगरपालिकाका १०० भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण सुरु
काठमाडौँ, १३ जेठ । ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ स्थित काफलडाँडा र लामिडाँडामा १०० घरका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्प र पटक पटकको परकम्पले क्षति हुन पुगेका यहाँका घर पुनःनिर्माण हुन नसक्दा स्थानीयवासी टहरामा बस्न बाध्य थिए । बतास फाउन्डेसन, एसटेन एबल कन्स्ट्रक्सन प्रालि र ओमान च्यारिटेबल अर्गनाइजेसनको साझेदारीमा एकीकृत बस्ती निर्माण हुन लागेको हो । बस्ती तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले शुक्रबार एकीकृत बस्तीको शिलान्यास गरे। सो अवसरमा राज्यमन्त्री खड्काले भूकम्पपीडितका लागि सबै किसिमका पूर्वाधार पुग्नेस्थलमा एकीकृत बस्ती निर्माण गरिनु उदाहरणीय काम भएको बताए ।
कार्यक्रममा सांसद उदयशमशेर राणा, गोदावरी नगरपालिकाका नवनिर्वाचित प्रमुख गजेन्द्र मर्हजन लगायतले भूकम्पपीडितका लागि स्थायी आवास पुनःर्निर्माणमा पहिलो प्राथमिकता दिइनुपर्नेमा जोड दिए ।
स्थानीयवासी रामप्रसाद सापकोटाले भूकम्पको दुई वर्ष बित्दासमेत आवास पुनःनिर्माण गर्न नसकेकामा सहयोगी संस्थाले पुन्यको काम गरेको बताए ।
फाउन्डेसनले यसअघि रसुवा जिल्लाको नौकुन्ड गाउँपालिकामा १५१ भूकम्पपीडित परिवारका लागि एकीकृत बस्ती निर्माण सम्पन्न गरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण