शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

टेलिभिजन पत्रकार केदार कोइराला पक्राउ

शनिबार, १३ जेठ २०७४, १३ : २१
शनिबार, १३ जेठ २०७४

काठमाडौं, जेठ १३–पत्रकार केदार कोइराला पक्राउ परेका छन् । घरमा काम गर्न बसेकी १५ वर्षीया किशाेरीलाई यौन दुर्व्यवहार परेको उजुरीको आधारमा कोइरालालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले जानकारी दिए ।

माउन्टेन टेलिभिजनका समाचार प्रमुखको रुपमा कार्यरत कोइरालालाई प्रहरीले शुक्रवार राती १० बजे शान्तिनगरस्थित निवासबाट पक्राउ गरेको हो ।

कोइरालाले किशोरीको सहमतीमा वा सहमती बिना यौनजन्य क्रियाकलाप गरेको भन्नेबारे अनुसन्धान भईरहेको एसएसपी जोशिले जानकारी दिए । कोइरालालाई हाल महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप