अनियमित विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या
शनिबार, १३ जेठ २०७४, १३ : २२
पर्सा, १३ जेठ । अनियमित विद्युत् कटौतीका कारण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।
अनियमित विद्युत् कटौतीका कारण अस्पतालमा रहेका उपचार उपकरण सञ्चालनमा समस्या भएपछि उपचारका लागि अस्पताल आएका बिरामी प्रभावित भएका हुन । विद्युत् प्रधिकरणले सार्वजनिक गरेको लोडसेडिंग तालिका बाहेक दिनभरी नै दश/दश मिनेटमा विद्युत् कटौतीले गर्दा उपकरण सञ्चालन गर्न नसकिएका कारण बिरामीले समस्या खेप्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरङ्जन साहले जानकारी दिए ।
उनले अनियमित विद्युत् कटौतीका कारण उपकरण समेत बिग्रिने क्रम बढेको बर्ताए । विद्युत् कटौतीको सबै भन्दा बढी प्रभाव अस्पतालको प्रयोगशालामा परेकोे छ । विद्युत् कटौतीका कारण प्रयोगशालामा परीक्षण गर्दा समय र लागत दुबै बढेको नारायणी उपक्षेत्रीय अस्पताल प्रयोगशाला विभागका निरीक्षक हरिशङ्कर भगतले बताए ।
दैनिक एक हजार दुई सय भन्दा बढी बिरामीको चाप रहेको उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा २५० जना भन्दा बढी बिरामीको रोगपत्ता लगाउन रगत, पिसाबलगायतको एक हजार ३०० भन्दा बढी परीक्षण हुनेगरेको प्रयोगशालाका टेक्निसियन लालबाबु पाण्डेले जानकारी दिए।
उनले मासिक रु १४ लाखदेखि रु १५ लाखसम्म आम्दानी गर्ने अस्पतालको प्रयोगशालाको आम्दानी विद्युत् समस्याका कारण घटेर आधा भएको बताए ।
बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर र सीमावती भारतीय क्षेत्रका बिरामीको उपचार गराउने मुख्य थलोको रुपमा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल नै रहेको छ ।
बिरामीबाट लिएको नमुना विद्युत् समस्याका कारण प्रयोगशालामा परीक्षण गर्न नसक्दा एक दिनको काम तीन दिनसम्म लाग्ने गरेको छ ।
अनियमित विद्युत् कटौतीका कारण उपचारमा समस्या देखिएपछि समस्या समाधानका लागि अस्पताल व्यवस्थापन संवेदनशील नभएको अस्पतालकै कर्मचारीको भनाइ छ ।
अस्पतालको जेनेरेटर बिग्रिएका कारण भाडामा ल्याएको जेनेरेटरले समेत खासै फाइदा बिरामीले पाउन नसकेका छैनन् ।
विद्युत् समस्याका कारण अस्पतालमा रहेको इन्डोस्कोपिक, एक्सरे, प्रयोगशाला, अपरेसनथिएटर समेतमा समस्या देखिएको अस्पतालले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण