शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ओलीले भने– जेठ ३१ मा चुनाव नगर्न गरेको आग्रह सरकारले मानेन

शनिबार, १३ जेठ २०७४, १३ : ४३
शनिबार, १३ जेठ २०७४

काठमाडौं, जेठ १३–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमजानको समयमा निर्वाचनको मिति तोकेर सरकारले स्पष्ट रुपमा विभेदकारी निति अवलम्बन गरेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष ओलीले राज्यले सबै धर्माबलम्बीप्रति समान ढंगले समभाव राख्नुपर्नेमा त्यस विपरित मुस्लिम समुदायप्रति अन्याय गरी जेठ ३१ गते चुनावको मिति तोकिएको आरोप लगाए ।

रमजानको समयमा निर्वाचनको मिति नराख्न आफूले बारम्बार सदन, सडक र दलीय बैठकमा आग्रह र अनुरोध गरेपनि सरकारले त्यसको सुनुवाई नगरेको भन्दै अध्यक्ष ओलीले राज्य गैरजिम्मेवार, संकिर्णता र संवेदनहीनताका साथ भेदभावमा उत्रिएको आरोप लगाए ।

उनले राज्यको विभेदकारी निति विरुद्ध जवाफी शैलीमा उत्रिन पनि मुस्लिम समुदायलाई निर्देशन दिए ।

कार्यक्रममा अध्यक्ष ओलीले कसैलाई भेदभाव नगर्ने र सबै धार्मिक आस्था राख्नेहरुको साझा थलो नेकपा एमाले नै भएको भन्दै पार्टीमा एकीकृत हुन आह्वान समेत गरे ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा जनताले एमालेलाई पहिलो पार्टी बनाएको भन्दै उनले दोश्रो चरणको निर्वाचनमा अझै ठुलो सफलता प्राप्त गर्ने विश्वास समेत व्यक्त गरे ।

संकीर्ण स्वार्थका लागि काम गर्ने, नेपाली जनताको आवाज र माग भन्दा पनि अरु कसैको आदेश तामेली गर्ने प्रवृत्ति विरुद्ध एक जुट हुन पनि उनले आग्रह गरे ।

पहिलो चरणको निर्वाचनको परिणाम त्रस्त भएकाहरुले विभिन्न वहानामा निर्वाचन सार्ने षडयन्त्र गरिरहेको भन्दै उनले निर्वाचन पछि धकेल्ने षडयन्त्र कुनै हालतमा स्वीकार्य नुहुने स्पष्ट पारे । भोलिदेखि मुस्लिम समुदायको एक महिने ब्रत रमजान पर्व सुरु हुदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप