संसद बैठक सुचारु, राष्ट्रपति भण्डारीलाई धन्यवाद दिइयो
शनिबार, १३ जेठ २०७४, १४ : २८
काठमाडौ, जेठ १३ – व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गर्नुभएको सम्बोधनको लागि धन्यवाद प्रस्ताव पेश भएको छ ।
सनिबार बसेको संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले तेश्रो अधिवेशनमा राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति प्रस्तुत गरेपछि सम्बोधनमाथिको धन्यवाद प्रस्ताव पेश भएको हो ।
धन्यवाद प्रस्तावको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत र समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ छन् ।
धन्यवाद प्रस्तावमाथि संशोधन गर्नका लागि एक घण्टाको समय दिदै सभामुख ओनसरी घर्तीले बैठक एक घण्टा पछि बस्ने गरि स्थगित गरेकी छिन् ।
बैठकमा सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको राजीनामाको जानकारी सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।
प्रमुख तीन दलबीच बिहान भएको बैठकमा संसद संचालन गर्ने सहमति भएपछि निरन्तर अवरुद्ध हुदै आएको बैठक सनिबारदेखि संचालन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण