शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यहाँ यसरी हुन्छ समलिङ्गी महिलाको उपचार, फोटोग्राफरले देखाइन् दर्दनाक अवस्था

शनिबार, १३ जेठ २०७४, १४ : ४०
शनिबार, १३ जेठ २०७४

एजेन्सी

जेठ १३ – इक्वाडोरकी चर्चित फोटोग्राफर पाओला परेड्सले इक्वाडोरका केही यस्ता थेरापी सेन्टरबारे पत्ता लगाएकी छिन् जहाँ समलिङ्गी महिलाको दर्दनाक तरिकाले उपचार हुन्छ । इक्वाडोरको ‘ह्याक’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा पाओलाले त्यहाँ दर्जनौं त्यस्ता सेन्टर भएको बताएकी छिन् । उनले निकै चाहेर पनि त्यहाँको फोटो खिच्ने लाखौं कोसिस गरिन् तर त्यहाँ क्यामरा लाने अनुमती नभएकाले उनी सफल हुन सकिनन् । यद्यपी, उनले त्यहाँ महिलालाई कस्तो तरिकाले यातना दिइन्छ भन्ने बारे भने पत्ता लगाइन् । पाओलाले आफू नै समलिङ्गी महिला भएको अभिनय गरेर फोटोको श्रृङ्खला तयार गरेकी छिन् जसले त्यहाँका महिलाको स्थिती वर्णन गर्दथ्यो । पाओलाको उक्त फोटो श्रृङ्खला इक्वाडोरमा निकै चर्चित छ ।

इक्वाडोरमा नै बस्ने पाओलाले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफूलाई यस्ता थेरापी सेन्टरबारे एक साथीले जानकारी दिएको बताइन् ।

उनले त्यस्ता सेन्टरमा समलिङ्गी महिलाको मात्र नभई लागुऔषध र रक्सीको लत लागेकाहरुको पनि उपचार हुने बताइन् ।

यसका लागि परिवारका मानिसहरु नै युवती, महिलालाई जबर्जस्ती त्यस्ता सेन्टरमा लाने गर्छन् र त्यसको बदलामा मोटो रकम पनि दिने गर्छन् । यद्यपी, शुल्कमा निर्धारण भने गरिएको छैन । परिवारले नै यहाँ महिलालाई त्यहाँ छोड्ने गर्दछन् र पीडितले यसबारे कुनै प्रतिकार पनि गर्न पाउँदैनन् ।

यहाँ महिलालाई करिब १ वर्षसम्म कैद गरेर राखिन्छ, उनीहरुलाई त्यहाँ शारिरिक यातना पनि दिइन्छ । धेरैजसो महिलामाथि ‘करेक्टिभ रेप’ (लिङ्ग पहिचानका लागि) पनि गरिन्छ । बलात्कारको पछाडि यो तर्क दिइन्छ कि महिलाको समलैङ्गिकता दिमागबाट हट्ने गर्दछ ।

महिलालाई कहिले पनि एक्लै छोडिन्नँ, धेरैजसो समय उनीहरुसँग पुरुष नै हुने गर्दछन् । उनीहरुलाई नुहाउने बेला मात्र एक्लै छोडिन्छ ।

पीडित महिलालाई नै सेन्टरको सर–सफाईदेखि सबै काम गराइन्छ । महिलालाई सेन्टर बाहिर निस्कने अनुमती हुँदैन । सुरक्षाकर्मीले पनि उनीहरुमाथि कडा निगरानी राख्ने गर्दछन् ।

पाओलाका अनुसार महिलाको परिवार पनि उनीहरुसँग लगातार सम्पर्कमा रहन्छन् तर उनीहरुलाई कहिलेकाँही मात्र भेट गर्छन् । यद्यपी, अहिलेसम्म यो पुष्टी भएको छैन कि यो थेरापीले कतिजना महिलाको सफल उपचार भएको छ ।

यहाँ दिइएका तस्बिरहरुमा पाओला आफैंले अभिनय गरेर समलिङ्गी महिलामाथि हुने अत्याचार देखाएकी छिन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप