पत्रकार इच्छुकको सम्झनामा कवि गोष्ठी
शनिबार, १३ जेठ २०७४, १५ : ३८
काठमाडौं, जेठ १३– पत्रकार कृष्ण सेना ‘इच्छुक’ १५ औं स्मृति दिवसका सन्दर्भमा शनिवार राजधानीमा कवि गोष्ठी गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, उपत्यका विशेष ब्युरोको आयोजनामा कवितावाचन ९कवि गोष्ठी० कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रगतिवादी साहित्यकारहरु निभा शाह, झपेन्द्र वैद्य, युवराज नास्तिक, पुण्य गौतम, बलराम तिमिल्सिना, विजय विश्वास, राजु स्याङतान, वैरागी जेठा, हरी परियार, प्रथा, केशव सिलवाल, प्रकाश गुरागार्इँ, ढुण्डीराज अधिकारी, शोभा सुनुवार, ज्योति भट्टराई लगायतले कविता वाचन गरेका थिए ।
कवि अशोक सुवेदीले इच्छुकद्वारा रचित ‘त्यो प्यारो प्यारो पहाडी गाउँको नाम थबाङ हो’ कवितावाचन गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा, कवि तथा गीतकार मणि थापा, केन्द्रीय सदस्य मोहलाल चन्द ‘आधार’, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय उपाध्यक्ष भगवानचन्द्र ज्ञवालीलगायत, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष निभा शाह, महासचिव खेम थपलिया, सचिव अशोक सुवेदी, प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेल लगायतका उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण