माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा सहभागि हुँदैनौंः महतो
काठमाडौं, जेठ १३–राष्ट्रिय जनता पार्टी, नेपालले मधेशको माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा पनि भाग लिन नसकिने स्पष्ट पारेको छ ।
पार्टीका नेता राजेन्द्र महतोले यथास्थितिमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारे । उनले यथास्थितिमा मधेशमा निर्वाचन हुनै नदिने चेतावनी पनि दिए । नेता महतोले सेना परिचालन गरेर निर्वाचन गरिए मुलुक गम्भिर दुर्घटनामा फस्ने दावी समेत गरे । शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन पुनः दवाव दिए ।
नेता महतोले सरकारको गलत नीतिका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप पनि लगाए । राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको संख्या जनसंख्याको आधारमा थप नगरिए निर्वाचनमा भाग लिन नसकिने अडान राख्दै शुक्रबार एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन नरोकिने स्पष्ट पारे । उनले सरकार स्थानीय तहको दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन प्रतिवद्ध रहेको पनि उल्लेख गरे । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा भाग लिन पनि आग्रह गरे ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले माघ ७ गते भित्र तीनै तहको निर्वाचन हुनेमा शंका नगर्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण