शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय चुनावको धाँधली छानबिन गर्न समिति गठन

शनिबार, १३ जेठ २०७४, १६ : १५
शनिबार, १३ जेठ २०७४

काठमाडौं, जेठ १३–व्यवस्थापिका संसदले बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ ।

शनिबार बसेको व्यवस्थापिका संसदको दोश्रो बैठकले पाँच सदस्यीय स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानविन विशेष समिति गठन गरेको हो ।

समितिले तीन महिना भित्र स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गरी सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्नुपर्ने छ । संसदीय छानविन विशेष समितिमा नेपाली कांग्रेसबाट सांसद अर्जुनप्रसाद जोशी, नेकपा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रबाट रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भाष्कर भद्रा र नेपाल लोकतान्त्रिक पार्टीबाट डा. सुवोध कुमार पोखरेल सदस्य रहेका छन् । यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पेश गरेको स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानविन विशेष समिति गठन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो । व्यवस्थापिका संसद नियमावलि २०७३ को नियम १ सय ८३ अनुसार संसदीय छानविन विशेष समिति गठन भएको हो । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा धांधली भएको भन्दै संसदीय छानविन विशेष समिति गठन गर्नुपर्ने माग गर्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप