शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मध्यपुरथिमिका नवनिर्वाचित नगरप्रमुखद्वारा रक्तदान गरी शुभारम्भ

शनिबार, १३ जेठ २०७४, १६ : १८
शनिबार, १३ जेठ २०७४

भक्तपुर, १३ जेठ । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आज यहाँ आयोजित रक्तदान कार्यक्रमको आफैले रक्तदान गरी शुभारम्भ गरे ।

कार्यक्रममा उनले यस नगरपालिकाको विकास र नगरलाई समृद्ध बनाउने अभियानमा लागिसकेको बताउँदै आगामी पाँच वर्षमा नगरको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा एमाले मध्यपुरथिमि नगर समितिले थिमिको बालकुमारी मन्दिर प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।

रगतको अभाव पूरा गर्न र युवापुस्तालाई सामाजिक सेवामा लाग्न अभिपे्ररित गर्ने तथा स्थानीय निकायको निर्वाचन सफल पार्ने मतदातालाई धन्यवाद दिन कार्यक्रम आयोजना गरेको एमाले मध्यपुर संयोजक बचन देउजाले बताए। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप