वाग्मती सफाइ महाअभियानको २११ औँ हप्ता : उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ, १३ जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको २११ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँ पुल काठमाडाँैपट्टिको भागमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा ५०० भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेशी डेकोर, युरेसिया रेयुकाइ, एक्सिस स्कुल, ग्लोबल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एस जिआइ, साया समूह, फ्रेन्डस क्लब ललितपुर, निर्माण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायत संस्थाको सक्रिय सहभागिता थियो ।
विश्व वातावरण दिवसका अवसरमा वाग्मती सफाइ महाअभियानको २१२ औँ हप्तामा आगामी शनिबार त्रिपुरेश्वरदेखि पशुपति राममन्दिरसम्म साइकल ¥यालीसहित पशुपति क्षेत्रमा विशेष सफाइ गरिने सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए ।
आजको वाग्मती सफाइका अवसरमा ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेशकुमार महर्जनलाई वाग्मती किनारमा स्वागतसहित सम्मान गरियो । यसैगरी चर्चित गायिका कोमल ओली, सीताराम कट्टेल धुर्मुस, र अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिका नव नियुक्त सदस्य सचिव ज्योतिकुमार श्रेष्ठलाई वाग्मती सफाइ महाअभियानले विशेष स्वागतसहित सम्मान ग¥यो ।
कार्यक्रमको सुरुवात समितिका नवनियुक्त सदस्य सचिव श्रेष्ठलाई सपथ गराएर सुरु भएको थियो भने समापन पूर्व सचिव डा कृष्णचन्द्र पौडेलले गरेका थिए ।
सफाइमा पूर्व सचिव किशोर थापा, डा राजु अधिकारी, टङ्कराज आचार्य, नारायण श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, हेमराज कार्कीलगायत व्यक्तित्वको सहभागिता थियो ।
पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७२ औँ हप्ताको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता थियो । सफाइमा नवनिर्वाचित गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाललगायत वडा अध्यक्ष र सदस्यको पनि सहभागिता थियो ।
यसैगरी रुद्रमती सफाइको १६९ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका– ९ मा जनचेतनामूलक घरदैलो अभियानसहित सरसफाइ गरियो । घरदैलो अभियानमा स्वास्थ्य मन्त्री गगन थापा पनि सहभागी थिए । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३०० जनाको सहभागिता थियो ।
विष्णुमती सफाइको १४२ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको विष्णुमती र महादेव खोला दोभानमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।
तिलगङ्गा महिला समूहले तिलगङ्गास्थित वाग्मती किनारमा २० जनाको सहभागितामा गरेको ११९ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
यसैगरी चक्रपथ सफाइको सातौँ हप्तामा आज बसुन्धरा चोकबाट पूर्वतिर नारायणगोपाल चोकसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासी लगायत ५०० अभियानकर्मीको सक्रियता थियो ।
अर्को हप्ताको चक्रपथ सफाइ ग्रिनसिटी अस्पतालबाट पश्चिमतर्फ नयाँ बसपार्कसम्म गरिने सो अवसरमा जानकारी गराइयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण