करण जोहरले ‘बाहुबली टु’ बाट कति कमाए ? विश्वास गर्न गाह्रो
शनिबार, १३ जेठ २०७४, १६ : ३१
एजेन्सी
जेठ १३ – बाहुबली टु भारतमा सर्वाधिक कमाई गर्ने फिल्म मध्येको एक हो । बक्स अफिसमा तहल्का नै मच्चाउन सफल यो फिल्म कलाकारका कारण मात्र नभई प्रोमोसनका कारण पनि चर्चित भएको विज्ञहरु बताउँछन् ।
कमाईमा रेकर्ड नै तोडेको उक्त फिल्मबाट करण जोहरले भने कति कमाई गरे भन्ने कुरा रोचक हुन्छ ।
उनको निर्माण कम्पनी, धर्मा प्रोडक्सनले बाहुबली टु को हिन्दी संस्करणको राइट पाएको थियो ।
अब नियम अनुसार फिल्मले कमाई गरेको अनुरुप वितरकले ४० देखि ६० प्रतिशत पाउनैपर्छ । अहिलेसम्म बाहुबली टु को हिन्दी संस्करणले ४ सय ७८ करोड कमाई गरेको छ जसअनुसार वितरकको सेयर २ सय २० देखि २ सय ३० करोड हुनजान्छ ।
करण जोहरको धर्मा प्रोडक्सनले वितरक अधिकारको १० प्रतिशत कमिसन प्राप्त गर्दछ । २ सय २० देखि २ सय ३० करोडको १० प्रतिशत २२ देखि २३ करोड हुन्छ । करणले यो फिल्मबाट यति कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण