काँग्रेसको नेतृत्वमा सहमतीय सरकार आवश्यक
काठमाडौँं, १३ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताएका छन् ।
नेपाल प्रेस युनियनको रजतमहोत्सव समापन कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दे महामन्त्री कोइरालाले दोस्रोचरणको स्थानीय तह निर्वाचन, संविधान संशोधन तथा संसदको गतिरोध अन्त हुने विश्वास व्यक्त गरे ।
नेपाली काँगे्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले नेपाली काँग्रेसको नेतृत्वमा सहमतीय सरकार आवश्यक रहेको बताए । उनले संविधान लेखनमा सहयात्री दल नेकपा एमालेलाई सरकारमा आवद्ध गराउनुपर्ने बताउँदै प्रेसलाई जिम्मेवार हुन आग्रह गरे ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले लोकतन्त्रको स्तर परीक्षण गर्ने मुख्यकडी त्यसदेशको प्रेस कति जिम्मेवार छ भन्ने विषय हो भन्दै त्यसको परीक्षण गरिने बताए ।
उनले नेपाली काँग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जानकारी दिँदै नेपालको राजनीति परिवर्तनमा नेपाली प्रेसको मुख्य भूमिका रहेको चर्चा गरे।
सूचना आयोगका आयुक्त किरण पोख्रेलले अनुसन्धानमूलक नीतिगत भ्रष्टचारका सत्य तथ्य प्रमाणित समाचार सम्प्रेषण गर्ने पत्रकारको खडेरी पर्दे गएको सङ्केत गरे ।
नेपाल पत्रकार महासङ्घका सभापति डा महेन्द्र विष्टले उत्तेजना, आवेग र भावनामा नभइ सत्यतथ्यमा आधारित भई कलम चलाउनुपर्ने बताए । युनियनका अध्यक्ष बद्री सिङ्देलले प्रेस युनियन श्रमजीवी पत्रकारको मुद्दामा अडकिरहेको बताउँदै युनियन मर्यादित, व्यावसायिक र जिम्मेवार पत्रकारको संस्था रहेको उल्लेख गरे ।
नेपाल प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । २०४८ साल जेठ १३ गते स्थापना भएको युनियनको ७३ जिल्लामा शाखा छन् भने १३ हजार पत्रकार युनियनमा आबद्ध छन् । नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आइएफजेको सदस्यता लिने नेपालको पहिलो पत्रकारको संस्था हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण