शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मानव अधिकार ठूलाबडा र शिक्षितको मात्र होइनः प्रचण्ड

शनिबार, १३ जेठ २०७४, १६ : ४९
शनिबार, १३ जेठ २०७४
काठमाडौं, जेठ १३– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले मानव अधिकार ठूलाबडा र शिक्षितको मात्र नभएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १७ औं वार्षिकउत्सवका अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले मानवअधिकार दूरदराजमा बस्ने गरिब, असहाय, वृद्ध, अपाङ्ग, अशक्त, बालबालिका, सीमान्तकृत समुदायको पनि भएको उल्लेख गरे । उनले मानव अधिकार आयोगले गरेको कामको पनि प्रशंशा गरे । आयोगले स्थानीय तह चुनावको पर्यवेक्षण र अनुगमन गरी प्राप्त सुझावबाट नेपाल सरकारलाई मानव अधिकार संरक्षण गर्न थप मद्धत मिलेको उनले बताए । आयोगले नागरिक तथा राजनीतिक अधिकारसँगै सीमान्तकृत वर्गका मानव अधिकार सम्वद्र्धन र संरक्षणमा थप योगदान पु¥याउने उनले विश्वास ब्यक्त गरे । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छनबिन आयोगबाट काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मानव अधिकार र संक्रमणकालिन न्यायको प्रतिवद्धता पूरा गरिने बताए । राष्ट्रिय मानव अधिकार आयोग र यी अन्य दुवै आयोगको सिफारिसहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको पनि उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले भने जेठ १० गते प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप