शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रायमाझीको अभिब्यक्ति– नेपालमा माओवादी चाहिँदैन !

शनिबार, १३ जेठ २०७४, १७ : ०५
शनिबार, १३ जेठ २०७४
सन्धिखर्क, जेठ १३– नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले नेपालमा नेपालमा माओवादी नचाहिने टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब अर्घाखाँचीले शनिवार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले काँग्रेस र कम्युनिष्ट गरी दुई पार्टी मात्रै भए पुग्ने बताए । रायमाझीले आफूले लामो समयदेखि नेपालमा दुई पार्टीको मात्रै कल्पना गरेकोसमेत खुलासा गरे । केही समयअघि मात्रै नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको पछाडि कुनै ब्यक्ति विशेषको नाम जोडिराख्नु नपर्ने भन्दै पार्टीको नामबाट माओवादी हटाएका नेपाल कम्युनिष्ट पार्टी मात्रै बनाएका थिए । माओवादीको ३० ठाउँमा झिनो मत माओवादी केन्द्रका नेता रायमाझीले पहिलो चरणमा सम्पन्न भएको निर्वाचनमा आफ्नो पार्टीले ३० ठाउँमा झिनो कमले पराजित भएको बताए । पार्टीबाट केही नेताहरु बाहिरिएको अवस्थामा ल्याएको जित ठूलो उपलब्धि रहेको बताए । स्थानीय तहमा भएको जितले आफ्नो पार्टीप्रति जनताको ठूलो भरोसा भएको उनले दाबी गरे । नेता रायमाझीले २० वर्षसम्म रोकिएको स्थानीय तहको निर्वाचन गराएर पार्टीले ठूलो उपलब्धि हासिल गरेको पनि उल्लेख गरे । उनले दोस्रो चरणको निर्वाचन नरोकिने पनि दाबी गरे । पहिलो चरणको निर्वाचन भइसकेपछि दोस्रो चरणको निर्वाचन स्वतः हुने उनको भनाइ थियो । सर्वोच्चको अनावश्यक हस्तक्षेप माओवादी नेता रायमाझीले पछिल्लो समय सर्वाेच्च अदालतले सरकारको काम काराबाहीमाथि अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए । मन्त्रिपरिषदका निर्णयमाथि सर्वाेच्च अदालतले अनावश्यक बाधा सिर्जना गर्नु ठीक नभएको रायमाझीको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप