शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हिड्दा हिँड्दै ढलेका साहित्यकार केवलको निधन

शनिबार, १३ जेठ २०७४, १७ : ४१
शनिबार, १३ जेठ २०७४
काठमाडौँ, जेठ १३– पत्रकार एवम् साहित्यकार मेदिनीकुमार केवल (तिवारी) को ६० वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ । दार्जिलिङ र सिक्किममा आयोजना हुने साहित्य सम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवासमा हिँड्दाहिँड्दै ढलेका उनलाई उपचारार्थ बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो र चिकित्सकले तत्काल उनको निधन भएको घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ । नेपाली, अवधि र हिन्दी भाषामा साहित्य रचना गर्ने केवलले जनकपुरमा साप्ताहिक पत्रिकाको सम्पादकका रुपमा काम गरेका थिए । पछिल्लो समयमा पनि उनी नेपाली जनसरोकार मासिकको सम्पादक थिए । साथै अवधि भाषाको ‘बटोही’ द्वैमासिकमा पनि उनी कार्यरत थिए । केवलका आधा दर्जन कृति प्रकाशित छन् । पछिल्लो पटक उनको गुरुङको उद्भव र संस्कृति सम्बन्धी पुस्तक प्रकाशनमा आएको थियो । पछिल्लो समय उनले नेपाली भाषालाई बिगारेको भन्दै त्यसको विरोध गर्दै आएका थिए । केवलका बुबासहित दाजुभाइ चितवनबाट बसाइँसराइ गरी जाने क्रममा अन्तै पुगे । उनका बुबामात्र तनहुँ पुगे र त्यहाँ तिवारीको सट्टा केवल लेख्न थाले । साहित्यकार मेदिनीले पनि पितालाई पछ्याउँदै केवल नै लेख्न थालेका हुन् । तनहुँको रुपाकोट पुख्र्यौली थलो भएका केवल हाल दाङको लमहीमा स्थायी बसोवास गर्थे । पत्रकार केवलका आमा, श्रीमती र दुई छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप