शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जिल्लाले नसकेपछि प्रदेशले उम्मेदवारको टुंंगो लगायो

शनिबार, १३ जेठ २०७४, १७ : ५४
शनिबार, १३ जेठ २०७४
रामधन बेदना खोटाङ, जेठ १३– एमाले जिल्ला कमिटी खोटाङले टुंगो लाग्न लगाउन नसकेको उम्मेदवार प्रदेशले टुंगो लगाएको छ । दोस्रो चरणका लागि तोकिएको आगामी जेठ ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि टुंगो लगाउन बाँकी पदका उम्मेदवार इटहरीमा भएको १ नम्बर प्रदेश कमिटीको सचिवालयको बैठकले लगाएको एमालेले जनाएको छ । प्रदेश कमिटिको सचिवालय बैठकले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा दीपनारायण रिजाल र उपमेयरमा बीनादेवी राई, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा मनिषा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी आएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा एमालेले लामिडाँडा गाउँपालिकाको प्रमुखमा लीलाबहादुर निरौला, उपप्रमुखमा समला राई, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा गृहबहादुर राई, उपप्रमुखमा पुष्पकला भुजेल, केपिलासगढी गाउँपालिका प्रमुखमा कृष्ण राई, उपप्रमुखमा हिराकुमारी बन, दिप्रुङ गाउँपालिका प्रमुखमा अर्जुन रोका, उपप्रमुखमा अम्बीका राई, खोटेहाङ गाउँपालिका प्रमुखमा प्रदीप राई, उपप्रमुखमा कबिता राई, बराहपोखरी गाउँपालिका प्रमुखमा गणेश कोइराला, उपप्रमुखमा गोमा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा शंकर राई, उपप्रमुखमा बिमला राई, साकेला गाउँपालिकाको प्रमुखमा बद्री राई, उपप्रमुखमा मेनुका ढकाललाई टिकट दिइएको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप