इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार उदय जिएमलाई
शनिबार, १३ जेठ २०७४, १८ : ११
दाङ, जेठ १३– पत्रकार तथा साहित्यकार कृष्णसेन ‘इच्छुक’को १५ औँ स्मृति दिवसका अवसरमा तीन जनालाई पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ दाङ शाखाले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उदय जिएमलाई प्रदान गरिएको हो । पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
त्यस्तै प्रेस सेन्टर नेपाल दाङले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार नरेन्द्र केसीलाई प्रदान गरिएको छ । जनसांस्कृतिक महासङ्घले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति साहित्य पुरस्कार’ साहित्यकार नदीराम केसीलाई प्रदान गरिएको छ । केसी र नदिरामलाई रु दश/दश हजार प्रदान गरिएको थियो । (रासस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण