दुर्घटनाग्रस्त विमानबाट जीवितै उद्धार गरिएका पाइलटको निधन
शनिबार, १३ जेठ २०७४, १८ : २३
काठमाडौं, जेठ १३– दुर्घटनाग्रस्त गोमा एयरको कार्गो विमानबाट जीवितै उद्धार गरिएका पाइलट पारस राईको निधन भएको छ । दुर्घटना भएको धेरैबेरपछि राईलाई जीवितै उद्धार गरिएको थियो ।
जीवितै उद्धार गरी अस्पताल पुर्याइएका राईको पासाङ ल्हामु अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
विमान दुर्घटनामा परी विभान भित्रै अड्किएका राईको उद्धारमा निकै कठिनाइ भएको थियो । दुर्घटनामा घाइते भएका कोपाइलट सृजन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जनको अवस्था गम्भीर छ ।
नाइन एनएकेवाई कल साइन भएको कार्गो विमान दिउँसो २ बजेर ४ मिनेटमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण