माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित दश केन्द्रीय नेताले पार्टी छाडे
शनिबार, १३ जेठ २०७४, १८ : ४२
काठमाडौं, जेठ १३– नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित दश जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनकाबेला सुदूर पश्चिमबाट माओवादी केन्द्रका १० केन्द्रीय नेताले पार्टी परित्याग गरेका हुन् ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल रतोकीसहित १० केन्द्रीय सदस्यले शनिवार विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्ने अन्य केन्द्रीय सदस्यहरु बैतडीका दीपक साउद, रामनाथ योगी, भुवनदेव भट्ट, मनिलाल विक र गोपाल रतोकी रहेका छन् ।
यस्तै, अमरसिंह रतोकी (कैलाली), दार्चुलाका रमेश रैथेला र राजेन्द्र बोहरा तथा डडेलधुराका सूर्यप्रकाश भण्डारीले पनि माओवादी केन्द्र परित्याग गरेको जनाएका छन् । माओवादी केन्द्र परित्याग गरेको उनीहरुले नयाँ शक्ति पार्टीमा प्रवेश गरेका पनि जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण