बाबुराम भन्छन्– क्वाटर फाइनलमा पुग्यौं, फाइनल खेल बाँकी नै छ
शनिबार, १३ जेठ २०७४, १९ : ३३
काठमाडौं, जेठ १३– नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पराजित उम्मेदवारहरुलाई नआत्तिन आग्रह गरेका छन् ।
नयाँ शक्ति पार्टी, नेपाल काठमाडौं जिल्ला परिषद्ले आयोजना गरेको चुनावी समीक्षा छलफलमा भट्टराईले पराजित उम्मेदवारहरुलाई सान्त्वना दिँदै विचलित नहुने आग्रह गरेका हुन् । उनले लडाइँ हारेको सेनाले धेरै कुरा सिक्न सक्ने भन्दै ढाडस् दिए ।
उनले लडाइँ हारेको सेनाले नै धेरै कुरा सिक्ने र अन्तिम युद्धमा विजय हासिल गर्ने भन्दै आश्वस्त पार्न खोजे ।
चुनाव चिन्ह लगायतका कारण प्रतिकुल अवस्थामा चुनावमा भाग लिएको उल्लेख गर्दै भट्टराईले चुनावले निरास नभइ मनोबल बढाएको उल्लेख गरे । ‘बीउ केही उम्रन्छ केही बिग्रन्छ, यसमा धेरै दुखित हुनु पर्दैन ।’– उनले भने ।
क्वाटर फाइनलमा छौं, फाइनल खेल बाँकी नै छ
डा. भट्टराईले पहिलो चरणको चुनावी परिणामको समीक्षा गर्दै आफूहरु क्वाटर फाइनलमै रहेको टिप्पणी गरे । संघीय समाजवादी फोरमसँग मिलेर चुनाव लड्दासमेत परिणाम कमजोर आएपछि कार्यकर्तामा निराशा छाइरहेकाबेला भट्टराईले फाइनल खेल बाँकी रहेको भन्दै कार्यकर्तालाई आश्वस्त पार्न खोजे ।
अहिलेसम्म नयाँ शक्ति पार्टी क्वाटर फाइनलमा प्रवेश गरेको भन्दै उनले अब हुने संघ, प्रदेशको चुनावमा सेमिफाइनल हुँदै फाइनलसमेत जित्ने दाबी गरे ।
उनले स्थानीय चुनावमा काँग्रेस, माओवादी, एमाले गतिलो पार्टी भएर नभई भरपर्दो विकल्प नदेखेर जनताले उनीहरुलाई नै भोट दिएको तर्क गरे । आगामी दिनमा आफूहरु वैकल्पिक राजनीतिक शक्ति हुने उनले दाबी गरे ।
‘पार्टी परिवर्तन गर्नेहरुको झुण्ड बालुवाको घर जस्तै’
पार्टी संयोजक भट्टराईले पार्टी परिवर्तनको क्रम बढेकोमा पनि चिन्ता ब्यक्त गरे । उनले पार्टी परिवर्तन गर्नेहरुको झुण्ड बालुवाको घरजस्तै भएको टिप्पणी गरे । उनले “जता काफल पाक्यो, उतै चरी नाच्यो” भनेजस्तो नगर्न कार्यकर्तालाई आग्रह गरे ।
समीक्षा कार्यक्रममा काठमाडौं जिल्लाका नगरपालिकाका उम्मेदवारहरु सहितका अगुवा कार्यकर्ताको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण