संसारकी सबैभन्दा होची युवतीको ज्यानमाथि खतरा, सरकारसँग मागिन् सुरक्षा
एजेन्सी
जेठ १३ – संसारकी सबैभन्दा होची युवती ज्योती आमगेले सरकारसँग सुरक्षाको माग गरेकी छिन् । ज्योतीले पत्र लेखेर महाराष्ट्र सरकारसँग सुरक्षाको माग गरेकी हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराइसकेकी ज्योतीले केही मानिसहरुले आफूलाई हानी पुर्याउन चाहेको मिडियासँग बताएकी छिन् । बिग बसको तेस्रो संस्करणमा भाग लिइसकेकी ज्योती २५ वर्ष पुगिसकेकी छिन् । उनको उचाई ६१.९५ सेन्टिमिटर छ ।
ज्योती हलिउड फिल्ममा आफ्नो नाम स्थापित गर्न चाहेको बताउँछिन् । उनले हलिउड फिल्म लेग जिन्डोमा काम गरिसकेकी छिन् । यसका साथै उनी अमेरिकी हरर स्टोरीमा पनि काम गरिसकेकी छिन् । यी दुबै भूमिकामा उनले निकै प्रशंसा कमाइसकेकी छिन् ।
पछिल्ला दिनमा ज्योतीले सलमान खान र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न इच्छन देखाएकी थिइन् । उनले सन् २००९ देखि लगातार गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो कम उचाईका कारण दर्ता गर्न सफल भएकी छिन् । कुनैबेला आफ्नो उचाई नबढेकोमा चिन्ता लिने ज्योतीलाई स्कूल र घर वरिपरिका मानिसहरुले निकै जिस्काउने गर्दथे । अब मानिसहरु उनलाई विभिन्न स्थानबाट भेट्न आउने गरेको बताउँछिन् ।
ज्योतीको भनाई अनुसार उनको यही सफलताका कारण केही मानिसहरुले उनलाई हानी पुर्याउने कोसिस गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण