निर्वाचनमा सुरक्षाकर्मीबाहेक करिब एक लाख कर्मचारी खटाइने
शनिबार, १३ जेठ २०७४, १९ : ३७
काठमाडौंं, जेठ १३– निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाखको हाराहारीमा कर्मचारी खटाउन लागेको जानकारी दिएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको सबै प्रकारको तयारी पूरा भएको जानकारी दिँदै सुरक्षाकर्मीबाहेक ९५ हजार ९३१ कर्मचारी खटिने बताए ।
चार सय ६१ स्थानीय तहमा हुने दोस्रो चरणमा हुने निर्वाचनमा छ हजार ७१८ वटा मतदानस्थल र ११ हजार ९३१ मतदान केन्द्रमा ती कर्मचारी खटाउने आयोगले तयारी गरेको हो । उक्त निर्वाचनबाट २३ हजार ३८३ जनप्रतिनिधिको चयन हुनेछ ।
चारवटा प्रदेशका ४३ जिल्लामा जेठ ६ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई सञ्चालनमा आइसकेको छ । मुख्य निर्वाचन अधिकृतका रुपमा सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशले जिम्मेवारी सम्हाल्ने छन् भने निर्वाचन अधिकृतको जिम्मेवारी निजामती सेवा वा न्याय सेवाका उपसचिवस्तरका कर्मचारीबाट हुनेछ ।
स्थानीय तहमा मतदान अधिकृतको कार्यालय यही जेठ १५ गते खोलिने छ । मुख्य निर्वाचन अधिकृतले समग्रमा जिल्लाभरिको निर्वाचन प्रक्रियाको नेतृत्व गर्नुका साथै जिल्ला सदरमुकाम रहेको स्थानीय तहको मतदान अधिकृतको कार्यसमेत गर्नेछन् ।
मुख्य निर्वाचन अधिकृतले त्यस जिल्लाको हरेक मतदान केन्द्रमा पठाउनुपर्ने निर्वाचन सामग्रीको रुजु गर्ने, अन्य बन्दोबस्तीका सामग्रीको प्रबन्ध गर्ने, मतदान केन्द्रमा खटिने कर्मचारीको व्यवस्थापन तथा तालिम गर्नेलगायत कार्य गर्ने छन् ।
प्रवक्ता शर्माले केन्द्रबाट मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचन बन्दोबस्तीका सबै सामान सम्बन्धित जिल्लामा पु¥याइसकिएको जानकारी दिए ।
दोस्रो चरणको निर्वाचनमा १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिका गरी ४६१ स्थानीय तहमा निर्वाचन हुन लागेको हो ।
सरकारले पछिल्लोपटक २२ स्थानीय निकाय थप गर्ने निर्णय गरेपनि सर्वोच्च अदालतको आदेशले स्थगित भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण