शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बरको हाँगा भाँचिएर डोजर चालकको मृत्यु

शनिबार, १३ जेठ २०७४, १९ : ४२
शनिबार, १३ जेठ २०७४
गोरखा, जेठ १३– गोरखाको पालुङ्टार नगरपालिका–२ चापाभञ्याङमा सडक स्तरोन्नति गर्ने क्रममा रुखको हाँगा भाँचिएर खस्दा डोजर चालकको घटनास्थलमै मृत्यु भएको छ । चापाभञ्याङ शारदा माध्यमिक विद्यालय हुँदै पोखराबेँसी सडक स्तरोन्नति गर्ने क्रममाः एक्कासि बरको रुखको हाँगा डोजरमा बज्रिएको थियो । घटनामा परी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३५ वर्षीय रामबहादुर लामाको शनिवार दिउँसो घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए । रुखको हाँगाले चालक लामाको टाउको र छातीमा चोट लागेको थियो । डोजरको अघिल्लो भाग पनि पूर्णरुपमा क्षति पुगेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, गोरखामा राखिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप