बीपीको समाजवाद काँग्रेसले कार्यान्वयन गर्न सकेनः शशांक
शनिबार, १३ जेठ २०७४, १९ : ४६
काठमाडौँ, जेठ १३– नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो पार्टीले बिपीको प्रातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न नसकेको बताएका छन् ।
अर्घाखाँची सम्पर्क सदन काठमाडौँले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तक्र्रिया कार्यक्रममा महामन्त्री कोइरालाले त्यो समाजवादमा मुलुकमा सबै जनताले न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्ने चिन्तन रहेको बताए ।
मुलुकमा विद्यमान समस्या समाधानका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउँदै उनले पार्टीभित्र देखिएका विभिन्न गुटले गर्दा बीपीको समाजवाद ओझेलमा परेको बताए ।
महामन्त्री कोइरालाले चुनावमा मधेसी जनताको भावनालाई समेटेर उनीहरुलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिँदै आन्दोलनरत विभिन्न दलका जायज मागलाई पूरा गर्न सबै दलको समन्वय हुनुपर्ने खाँचो औँल्याए ।
अर्घाखाँची सम्पर्क सदन काठमाडौँका अध्यक्ष एवम् तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति डा माधवराज गौतमले पार्टीभित्रका विवादलाई शीर्ष नेतृत्वले वैज्ञानिक ढङ्गबाट समीक्षा गरी सल्टाउनुपर्ने सुझाव दिँदै गुटबन्दीको अन्त्य गरी राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण