निर्वाचन निष्पक्ष र भयमुक्त बनाउन संयुक्तको माग
शनिबार, १३ जेठ २०७४, १९ : ५०
काठमाडौँ, जेठ १३– नेकपा (संयुक्त) ले दोस्रो चरणको स्थानीय निर्वाचन निष्पक्ष र भयमुक्त बनाउन माग गरेको छ ।
पार्टीका अध्यक्ष गणेश साहको अध्यक्षतामा शनिवार बसेको पोलिटब्युरो बैठकले संविधान कार्यान्वयन गरी लोकतन्त्रलाई बलियो बनाउन सबैको सहभागितामा निष्पक्ष चुनाव गराउन आग्रह गरेको हो ।
बैठकले प्रधानमन्त्रीले सहमति कार्यान्वयनका लागि दिएको राजीनामाको स्वागत गर्दै वर्तमान सरकारलाई सामान्य बजेट ल्याउन सुझाव दिएको छ । सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिने गरी ल्याइएकोमा त्यसलाई स्वागत गरेको प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माले जानकारी दिए ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मधेसकेन्द्रित दललाई पनि साथ लिएर अगाडि बढ्न आग्रह गर्दै त्यसका लागि सबै दललाई जिम्मेवार हुन आग्रह गरेको छ ।
बैठकले पार्टीले चुनावमा विभिन्न जिल्लामा सफलता प्राप्त गर्न आवश्यकताअनुसार विभिन्न दलसँग तालमेल गरी निर्वाचनमा सहभागी हुन जिल्ला कमिटीलाई निर्देशन पनि दिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण