सरोकारवाला भन्छन्– निर्धारित समयमै निर्वाचन हुन्छ
शनिबार, १३ जेठ २०७४, १९ : ५८
जेठ १५ देखि निर्वाचन कार्यालय
अर्घाखाँची, जेठ १३– आगमी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तिब्र पारिएको सरोकारवाले बताउने गरेको छन् । सरकारले पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि दोस्रो चरणको निर्वाचनको तयारीलाई तीब्र पारिएको अर्घाखाँचीमा आयोजित कार्यक्रममा सरोकारवाले बताए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केशबप्रसाद बास्तोलाले पहिलो चरणमै निर्वाचन भएपनि सबै तयारी पुरा भएको भन्दै दोस्रो चरणको निर्वाचनले गर्दा केही समय गतिबिधिलाई सुस्त राखिएको बताए ।
निर्धारित समयमै दोस्रो चरणको निर्वाचन सम्पन्न गरिने उनले बताए । उनले पहिलो चरणमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय १५ गतेबाट पुनः सञ्चालन गरिने जानकारी दिए ।
बताए । सरकारले पछिल्लो समय प्रस्ताव गरेको स्थानीय तह थप गर्ने प्रस्ताव सर्बोच्चले रोकेकाले निर्वाचन समयमै सम्पन्न हुने बताए । उनले पहिलो चरणको निर्वाचनमा मतगणना गर्न ढिलाइ भएको गुनासो आएको भन्दै जिल्लामा तीन दिन भित्रमा मतपरिणाम आउने गरी मतगणना गर्ने व्यवस्था मिलाउने बताए ।
प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले निर्वाचनको तयारीलाई तिब्र पारिएको बताए । पोख्रेलले निर्वाचनमा बिभिन्न संघ संगठनका पदाधीकारीलाई भने नखटाउने प्रष्ट पारे । उनले बृद्धबृद्धाहरुको हकमा भने एकजना सहयोगी राख्ने सम्मको व्यवस्था गर्न सकिने बताए ।
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रदीप पौडेलले पालिकाका प्रमुखहरुको कार्यकक्षको व्यवस्था मिलाइएको बताए ।
प्रहरी नावय उपरीक्षक एकनारायण कोइरालाले मतदातालाई ढुक्क सँग मतदान गर्ने व्यवस्था मिलाएको बताए । कोइरालाले मतदातालाई मशसुस हुने गरी सुरक्षा प्रबन्ध मिलाइएको बताए ।
जिल्ला निर्वाचन अधिकृत महेश पाण्डेले निर्वाचनको तयारीलाई तिब्रता पारिएको भन्दै अहिले पहिलो चरणको निर्वाचनलाई आधार मानी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताए ।
पाण्डेकाअनुसार जिल्लामा अहिले १ लाख ३६ हजार ६ सय ९९ मतदाता रहेका छन् । त्यसमध्ये नेपाल राष्ट्रिय माबि ठुलापोखरामा सबै भन्दा बढि २७ हजार र सबै भन्दा थोरै लाल प्राबि जलुकेमा ७ सय १ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण