शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

वैद्यको प्रश्न– प्रतिक्रियावादी छैनन्, अब कोसँग लड्ने ?

शनिबार, १३ जेठ २०७४, २० : २०
शनिबार, १३ जेठ २०७४
काठमाडौं, जेठ १३– नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेपालमा क्रान्तिका लागि वर्ग शत्रु पहिचान हुन नसकेको बताएका छन् । क्रान्ति गर्न वर्ग शत्रु हुनुपर्ने बताउँदै अध्यक्ष वैद्यले अहिले किटानी दुश्मन नभएको बताए । यसअघिका क्रान्तिमा राणाकाली, पञ्चायती र बहुदलीय व्यवस्था नै मुख्य दुश्मन रहेको बताउँदै अहिले ती सबै मेटिइसकिएकोले अबको क्रान्तिका शत्रु पहिचान गर्नुपर्ने उनले उल्लेख गरे । कृष्ण सेन ‘इच्छुक’ ‘१५औं स्मृति एवं बलिदान दिवस–२०७४’ को अवसरमा राजधानीको संवाद डबलीमा इच्छुक साँस्कृतिक प्रतिष्ठान र अखिल नेपाल जनसाँस्कृतिक महासंघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वैद्यले क्रान्तिको आवश्यकताबारे चिन्तन गर्नुको विकल्प नरहेको बताए । ‘हिजोका शत्रु एमाले, काँग्रेस आज प्रचण्डजीसँगसँगै छन्,’ वैद्यले प्रश्न गरे, ‘भन्नुस् त अब कोसँग लड्ने ?’ को प्रतिक्रियावादी छन् यहाँ ? कोसँग र कसको लागि गर्ने क्रान्ति ?’ उनले प्रश्न गरे । इच्छुक क्रान्तिकारीहरुको लागि आदर्श व्यक्तित्व मात्र नभई वर्ग चेतना समेत रहेको उनले बताए । साहित्य–कला सिर्जनाले समाजलाई रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निभाउने बताउँदै उनले वर्ग शत्रु पहिचान गर्न सके मात्र साहित्य सिर्जनाको महत्व रहनेमा जोड दिए । इच्छुक स्मृति पुरस्कार नविन विभास र अनिल श्रेष्ठलाई ‘इच्छुक स्मृति पुरस्कार–२०७४’ पत्रकार नविन विभास र कवि अनिल श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको छ । विभास राङकोट रोल्पाका हुन् भने श्रेष्ठ आँबुखैरेनी तनहुँका हुन् । दुवै जना जनही ५० हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् । त्यस्तै ‘इच्छुक स्मृति पुरस्कार–२०७४’ साहित्य पुरस्कार बुइपा–६, खोटाङकी पञ्चकुमारी परियारलाई र कला पुरस्कार चौतारा साँगाचोगढीका च्याङ्गबा ‘अनिस’लाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी २५ हजार नगर र प्रमाणपत्र रहेका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप