दोस्रो चरणको निर्वाचनको पाँच दिनपछि सार्न प्रस्ताव
शनिबार, १३ जेठ २०७४, २० : ४८
काठमाडौं, जेठ १३– सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति पाँच दिनपछि सार्ने प्रस्ताव अघि सारेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिनपछि सार्न सरकार तयार रहेको बताएका हुन् ।
शनिबार सानेपास्थित काँग्रेस केन्द्रिय कार्यालयमा संचारकर्मीमाझ कुरा गर्दै उनले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकारले हदैसम्म प्रयास गरिरहेको दावी समेत गरे ।
उनले जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन केही दिन पर सार्न प्रमुख प्रतिपक्ष एमालेसँग सहमति गर्न सरकारले पहल गरिरहेको जानकारी दिए । सरकारले राष्ट्रिय जनता पार्टीको दल दर्ता, निर्वाचन चिन्ह प्रदान लगायतका माग सम्बोधन गर्न राजनीतिक दलसम्बन्धि ऐन संशोधन गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
उपप्रधानमन्त्री निधिले राष्ट्रिय जनता पार्टीको दल दर्ता लगायतका माग सम्बोधन गर्न सरकार राजनीतिक दलसम्बन्धि ऐन संशोधन गर्न पनि तयार रहेको स्पष्ट पारे ।
राजनीतिक दलसम्बन्धि ऐनमा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन सम्बन्धि ऐन परिवर्तन गर्न नपाउने व्यवस्था छ । तर सरकारले राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा सहभागी गराउन सो ऐन समेत संशोधन गर्ने प्रतिवद्धता जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण