शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमाले नेता कार्कीले बागी उम्मेदवारी दिने

शनिबार, १३ जेठ २०७४, २० : ५५
शनिबार, १३ जेठ २०७४
उर्लाबारी, जेठ १३– स्थानीय तहको निर्वाचनमा नेकपा एमालेमा उम्मेद्वार छनौटसँगै पार्टीमा किचलो देखिन थालेको छ । पार्टीलाई राम्रा भन्दा पनि हाम्रालाई टिकट दिएको भन्दै कार्यकर्तामा तीब्र असन्तुष्टि देखिन थालेको हो । पार्टीको साविक राजघाट गाविसको नेतृत्व तहमा लामो समय रहेका कुलबहादुर कार्कीले उर्लाबारी–८ मा वडाध्यक्षको उम्मेद्वार पूनर्विचार नगरे स्वतन्त्र उम्मेद्वार दिने घोषणा गरेका छन् । शनिबार उर्लाबारीमा पत्रकार भेटघाट कार्यक्रम गरी उनले सो घोषणा गरेका हुन् । साविक राजघाट गाविसमा दुई कार्यकाल पार्टी अध्यक्ष भइसकेका कार्कीले स्थानीय पार्टी कार्यकर्ता र मतदाताको भावना विपरित पार्टीले वडाध्यक्षको उम्मेद्वार तय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । आफू मेयरको दाबेदार हुँदाहुँदै पनि अग्रजहरुलाई ठाउँ खालि गरिदिएपनि वडाध्यक्ष पदमा समेत नपत्याउँदा आफूले स्वतन्त्र रुपमै उम्मेदवारी दिन लागेको उनले बताए । पार्टीले निर्णय नसच्याए स्वतन्त्रको टिम नै खडा गरेर अघि बढ्ने उनले चेतावनी दिएका छन् । २०५२ सालदेखि नै एमालेमा सक्रिय उनी तीन कार्यकाल युवा संघ इलाका कमिटीको अध्यक्ष भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप