डा गोविन्द केसीको अनशन भोलिसम्म स्थगित
शनिबार, १३ जेठ २०७४, २१ : ००
दाङ, जेठ १३– दाङमा मेडिकल कलेज स्थापना गर्नेलगायतका माग राख्दै अनशन बस्नका लागि दाङको घोराही पुगेका डा गोविन्द केसीको अनशनस्थल फेरिएको छ ।
आफ्नो एघारौँ अनशन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न लागेका डा केसी अब सिरडी साई मन्दिर घोराहीमा अनशन बस्नेछन् ।
डा केसीको अनशनमा अवरोध गर्न शनिवार बिहान सर्कुलर जारी गरेको अस्पताल प्रशासन अन्ततः आफ्नो योजनामा सफल भएको छ । आइसियूको अभाव देखाउँदै अनशन रोक्ने मागसहित शनिवार बिहान प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेलाई गुहार्न पुगेको अस्पताल प्रशासनले शौचालयको समस्या देखाउँदै अस्पतालमा बस्ने भनिएको डा केसीको अनशनस्थल परिवर्तन गर्न सफल भएको छ ।
आफ्ना माग पूरा नहुँदासम्म काठमाडौँ नफर्कने भन्दै दाङ पुगेका डा केसीले आइतबार दिउँसो २ बजेसम्मका लागि अनशन रोकेका छन् ।
स्वास्थ्यमन्त्री गगन थापाले आइतबार २ बजेसम्मका लागि समय माग गरेपछि शनिबार अपराह्न ४ बजेबाट सुरु गर्ने भनिएको अनशन आइतबारसम्मका लागि रोकिएको डा केसीका सहयोगी डा सुमन आचार्यले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण