शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता हुँदै

शनिबार, १३ जेठ २०७४, २१ : ०६
शनिबार, १३ जेठ २०७४
काठमाडौँ, जेठ १३– नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यवस्थापिका–संसदमा दर्ता भएको प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव आइतबार बिहानसम्ममा फिर्ता हुने बताएका छन् । गत वैशाख १७ गते कार्कीविरुद्ध सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदले सो प्रस्ताव दर्ता गरेपछि एमालेले न्यायालयमाथिको हस्तक्षेप भएको भनी विरोध गर्दै आएकोमा आज प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । सर्वोच्च अदालतकै आदेशबाट प्रधान न्यायाधीश कार्की नियमित काममा फर्किसकेकी छन् । उपनेता नेम्वाङले सहमतिअनुसार आइतबार बिहानसम्ममा सो प्रस्ताव फिर्ता हुने बताउँदै संसदमा अवरोध गर्ने आफ्नो पार्टीको चाहना नभई सरकारको गलत व्यवहारका कारण अवरोध भएको दाबी गरे । (रासस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप