उर्लाबारी नगरपालिकामा माओवादीको उम्मेदवार घोषणा
शनिबार, १३ जेठ २०७४, २१ : १३
मोरङ, जेठ १३– नेकपा माओवादी केन्द्रले मोरङको ऊर्जाबारी नगरपालिकाको मेयरसहित उम्मेदवार घोषणा गरेको छ । उर्लाबारीमा शनिबार एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरिएको हो ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं. १ का संयोजक सावित्रीकुमार काफ्लेको उपस्थितिमा उम्ेदवार घोषणा गरिएको हो ।
उर्लाबारी नगरपालिकाको मेयरमा राजेन्द्र पौडेल र उपमेयरमा धनमाया धिमाललाई उम्मेद्वारका रुपमा घोषणा गरिएको छ ।
यस्तै, उर्लाबारी वडा नं. १ मा चेतराज श्रेष्ठ, २ नम्बरमा पदम राई, ३ नम्बरमा इन्द्र माखिम, ४ नम्बरमा मिलन दाहाल र ५ नम्बरमा लोकनाथ पौडेललाई वडाध्यक्षको उम्मेद्वार बनाएको घोषणा गरिएको छ ।
यस्तै, ६ नम्बरमा श्याम बस्नेत, ७ नम्बरमा राजन दाहाल, ८ नम्बरमा राम धिमाल र ९ नम्बरमा अमर सेलिङलाई वडाध्यक्षको उम्मेद्वार बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण