काठमाडौं महानगरपालिकामा एमाले विजयी, उपप्रमुखमा काङ्ग्रेस : यस्तो छ विद्यासुन्दरको नालीबेली
काठमाडौँ, जेठ १४— काठमाडौँ महानगरपालिकाको मेयर पदमा नेकपा एमालेमा विद्यासुन्दर शाक्य विजयी भएका छन् ।
शाक्य कांग्रेसका राजुराज जोशीलाई पराजित गर्दै शाक्य ५ वर्षका लागि महानगरको मेयर पदमा निर्वाचति भएका हुन् । उनले ६४ हजार ९१३ मत पाए भने जोशीले ४५ हजार २६९ मत पाएका छन् ।
राष्ट्रिय सभागृहमा जेठ १ गतेदेखि सुरु भएको मतगणनाको १४ दिनमा अन्तिम मतपरिणाम आएको हो ।
यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरे ।
कुल दुई लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा एक लाख ९७ हजार २२७ मत खसेको थियो भने छ हजार १८३ मत बदर भएको थियो ।
को हुन् शाक्य ?
काठमाडौँको लगनटोलमा विं.सं. २०२० जेठ ९ गते जन्मिएका हुन् । शाक्यका पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको भने निधन भैसकेको छ । हाल लगनटोलमै पत्नी सुचिता शाक्यसहित परिवारसँग बस्दै आएका शाक्यले भारत, चीन, थाइल्याण्ड, भुटान, उत्तर कोरिया, युएईलगायतका देशको भ्रमण गरिसकेका छन् ।
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गरेका शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।
राजनीति प्रतिष्ठा र समाज परिवर्तनका लागि गर्ने हो भन्ने अठोट बोकेर हिडेका शाक्यले अहिले जुन सफलता प्राप्त गरेका छन् उनी त्यसलाई निरन्तरको योगदान र निष्ठाको प्रतिफल हो भन्छन् ।
काठमाडौंको भित्रि सहरमा आफ्नो छुट्टै परिचय बनाउन सफल शाक्य काठमाडौँको नेवारी समूदायमा जन्मि–हुर्किएका हुन् । शाक्य ०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा सक्रिय बनेका हुन् ।
०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि उनले अग्रमोर्चामै उभिए सक्रिय भूमिका खेले । प्रजातन्त्रप्राप्तिको आन्दोलनका क्रममा निर्भीकतापूर्वक अग्रमोर्चामा रहेकै कारण पटक–पटक प्रहरीको निशानामा परेका शाक्य आफ्नो विचारमा अडिग रहिरहे ।
प्रजातन्त्र प्राप्तिपछि स्थापना भएको नेकपा (एमाले) को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हाले शाक्यले । त्यतिबेला काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उनको भूमिका उल्येख्य रहेको थियो ।
उनी ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षमा विजयी भएका थिए भने त्यसपछि करिब दुई दशकदेखि नेकपा (एमाले)को काठमाडौं जिल्ला कमिटीको विभिन्न जिम्मेवारीमा रहँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण