नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते
आइतबार, १४ जेठ २०७४, ०९ : ०८
नुवाकोट - तादी गाउँपालिका–४ सुन्दरादेवीमा गएराति मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नारायणदल गणको पोष्ट निर्माण गर्न कामदार र निर्माण सामग्री बोकेर उर्लेनी जाँदै गरेको बा३ख ६९६८ नं को मिनीट्रक सुन्दरादेवीको बाघमारामा दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा मिनीट्रक चालक सुन्दरादेवीका राजकुमार तामाङ, शिखरबेँसीका ई क्षीतिज पण्डित रहेका छन् ।
यस्तै, पोष्ट निर्माण गर्न जाजरकोटबाट आएका अनन्त विश्वकर्मा, इन्द्रबहादुर सुनार, डम्बरबहादुर सुनार, धनबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, कृष्ण सुनार र मानबहादुर सुनार रहेका छन् । घाइते मध्ये गाडी चालक तामाङ, पण्डित र
जाजरकोटका डम्बरबहादुर र मानबहादुरको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
सैनिक पोष्ट बनाउन निर्माण सामाग्रि सहित १७ जना चढेर यात्रा गरिरहेको मिनीट्रक ब्रेकफेल भएर राती आठ बजे दुर्घटना भएको सहचालक प्रेम तामाङले बताए । दुर्घटनामा परेकालाई नेपाली सेनाले उद्धार गरी तीन घण्टा बोकेर सातबिसेसम्म ल्याएपछि मात्र एम्बुलेन्स मार्फत आज बिहान २ बजे उपचारको लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।
रातको समय र पानी परिरहेकाले दुर्घटना स्थलसम्म अन्य सवारी जान नसक्दा उद्धारमा कठिनाई र ढिलाई भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण