चाँगुनारायणमा काँग्रेसको अग्रता,वडा नं ५ मा काँग्रेस विजयी
आइतबार, १४ जेठ २०७४, ०९ : १९
भक्तपुर - चाँगुनारायण नगरपालिकाका वडा नं ५ मा एक वडा सदस्यबाहेक नेपाली काँग्रेसको समूह विजयी भएको छ ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार चाँगुनारायण वडा नं ५ को वडाध्यक्षमा जयन्द खड्का विजयी भएको छ । खड्काले एक हजार ६४८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले एक हजार ३२९ मत प्राप्त गरे ।
विजयी हुनेहरुमा नेपाली काँग्रेसका महिला सदस्य राधिका खड्का बाटाले एक हजार ३३८ मत, दलित महिला सदस्य रामकुमारी विकले एक हजार ३३३, वडा सदस्य राजी गिरीले एक हजार ३२८ र अर्का सदस्य नेमकिपाका रोशन खत्रीले एक हजार १८२ मत प्राप्त गरि विजयी भएका हुन् ।
नगर प्रमुखमा काँग्रेसका राजाराम खड्काले चार हजार ८३२ मतले अग्रता लिए भने उपप्रमुखमा पनि काँग्रेसकै सरु बानियाँले पाँच हजार १९१ मतले अग्रता लिए ।
निकटतम प्रतिद्वन्द्वीे नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार सोम मिश्रले चार हजार ४०३ र उपप्रमुखमा एमालेकी बिना बास्तोलाले चार हजार ५७४ मतले पछ्याईरहेका छन्, ,मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण