नमुना विद्यालय बनाउन नेपाली सेनाको सहयोग
आइतबार, १४ जेठ २०७४, ०९ : ३४
रोल्पा - सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ ।
थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयलाई नमुना बनाउने भन्दै थालिएको अभियानले सार्थकता पाउन थालेसँगै अभिभावकमा आकर्षण थपिन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले बताउ । “अहिले निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा आउनेको चाप बढ्दै गएका कारण भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा लागेका छौँ” – घर्तीले भने।
भवन निर्माणका लागि विभिन्न सङ्घसंस्थाले समेत सहयोग गरिरहेका छन् । सहयोगकै क्रममा नेपाली सेनाको खडक दल गणको एक सैनिक टोली थवाङमा रहेर निर्माण कार्यमा सहयोग गरिरहेको सैन्य स्रोतले बताएको छ । विद्यार्थीको चापसँगै भवन अपुग भएको भन्दै विद्यालयले नेपाली सेनालाई भवन निर्माणमा सहयोग गर्न अनुरोध गरेअनुसार हाल एक टोली थवाङमा पुगी विद्यालय भवन निर्माणमा सहयोग गरेको हो ।
विद्यालयको आन्तरिक र बाह्य परीक्षामा अधिकांश विद्यार्थी अङ्ग्रेजी विषयमा असफल हुन थालेपछि विद्यालयप्रति अभिभावकको आकर्षण घट्न थालेकाले अङ्ग्रेजी माध्यमबाट पठनपाठन थालनी गरिएको विद्यालयले बताएको छ । नर्सरीबाट सुरु गरिएको अङ्ग्रेजी माध्यमको पढाइ कक्षा ९ सम्म पुगेको बताइएको छ । कक्षा १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ गर्ने योजना रहेको विद्यालयले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिले पछिल्लोपटक विद्यालयलाई नमुना बनाउने भन्दै थालेको अभियानस्वरुप शैक्षिक र भौतिक उपलब्धि देखिन थालेपछि अभिभावकसमेत सन्तुष्ट देखिन थालेको विद्यालयले बताएको छ ।
विद्यालयमा हाल सरकारी दरबन्दीका रुपमा कक्षा १ देखि १२ सम्म २१ जना शिक्षक र ७५० बढी विद्यार्थी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण