शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फिलिपिन्सका राष्ट्रपतिले भने, ‘तीनपटकसम्म बलात्कार गर्नु जायज’

आइतबार, १४ जेठ २०७४, १० : ०२
आइतबार, १४ जेठ २०७४

बीबीसी

जेठ १४ – फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले एक पटक पुनः बलात्कारको विषयमा विवादास्पदक बयान दिएकोमा आलोचना भोग्नु परेको छ ।

देशको दक्षिणमा ‘मार्शल ल’ लगाएपछि एक सैन्य शिविरमा सैनिकलाई सम्बोधन गर्दै उनले तीनजना महिलालाई बलात्कार गरेसम्म छुट पाइने बताएका छन् ।

राष्ट्रपतिका  लागि आफ्नो उम्मेद्वारीपछि डुटार्टेले बलात्कारको विषयमा यस्तो विवादास्पद टिप्पणी दिएको यो दोस्रो पटक हो ।

एक मानवअधिकार संगठनले उनको टिप्पणीलाई ‘घिनलाग्दो’ बताएका छन् ।

यस्तै, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिंटनकी छोरी चेल्सी क्लिंटनले बलात्कार कहिले पनि मजाक हुननसक्ने भन्नै ट्वीटरमा टिप्पणी गरेकी छिन् ।

बलात्कारको मजाकः

डुटार्टेले सैनिकलाई भने, ‘यदि तपाईंहरु तीनजना महिलालाई बलात्कार गर्नुहुन्छ भने म तपाईंहरुको लागि जेल जानेछु । म भन्नेछु, ‘हो, मैले नै बलात्कार गरेको हुँ’ । तर तपाईंले चारजनासँग विवाह गर्नुहुन्छ भने वेश्याका छोराहरु, तिमीहरुले ठूलै सजायँ पाउनेछौ ।’

डुटार्टेको यो बयानमा चेल्सी क्लिंटनले ट्वीट गरेकी छिन्, ‘डुटार्टे एक हत्यारा ठग हुन् जसको मानवअधिकारसँग कुनै सम्बन्ध छैन र बलात्कार कहिले पनि मजाक हुनै सक्दैन ।’

मानवअधिकार कार्यकर्ता फेलिम किनले राष्ट्रपति डुटार्टेको यो टिप्पणी ‘मजाकको एक घिनलाग्दो’ रुप थियो जसले सैनिकलाई ‘मार्शल ल’को आधारमा अधिकारको दुरुपयोग गर्न सकिन्छ भन्ने सन्देश दिन्छ ।

पछिल्लो वर्ष पनि डुटार्टेले सन् १९८९ मा एक अष्ट्रेलियाली मिशनरीको बलात्कार र हत्यामाथि मजाक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप