शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

किरातीहरुको उभौली पर्व साकेला/साकेन्वा भोजपुरमा सम्पन्न

आइतबार, १४ जेठ २०७४, ०९ : ४४
आइतबार, १४ जेठ २०७४
भोजपुर - किरात राई समुदायको महान् पर्व उभौली साकेला÷साकेन्वा पर्व शनिबारबाट यहाँ सम्पन्न भएको छ । पर्वको अवसरमा भोजपुरको बोखिम साकेन्वा थान, मोहोरिया, देउराली, टुँडिखेललगायत विभिन्न साकेवा थानमा साकेला सिली नाचिएको किरात राई यायोक्खाका अध्यक्ष पाविहाङ राईले बताए । चण्डी पूर्णिमादेखि सुरु हुने यो पर्व १५ दिनसम्म पितृ तथा भूमिको पूजाआजा गरी मनाउने प्रचलन रहिआएको छ । किरातीहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकिसकेपश्चात् बाली भित्र्याउँदै मङ्सिरे पूर्णिमामा उधौली मनाउने गरेका छन् । परम्परागत वेशभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टाको तालमा साकेन्वा सिली नाच्ने गरिन्छ । उभौलीमा विशेष गरेर बालीनालीमा रोग नलागोस्, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस्, पारुहाङ र सुम्निमाले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरुन् भन्ने कामनासहित मनाइने अध्यक्ष राईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप