शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

साहित्यकार एकनाथ ढकालको निधन

आइतबार, १४ जेठ २०७४, ०९ : ४९
आइतबार, १४ जेठ २०७४
काठमाडौँ - चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आज बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई यहाँ निधन भएको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको थियो । सो माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष उनले अङ्ग्रेजी विषयमा अध्यापन गरेका थिए । हाल कामपा–६, गुह्येश्वरी, रुद्रेश्वर, टाउन प्लानिङमा बसोबास गर्दै आएका ढकालका ‘छोरा प्रकाशको सम्झनामा’ लघु शोककाव्यलगायत फुटकर रचना प्रकाशित छन् । स्व ढकालका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप