कतार र मलेसिया गएका छारोहरुलाई एक बर्ष नवित्दै किन बोलाए फणीन्द्रले ?
आइतबार, १४ जेठ २०७४, १० : ०३
पथरी मोरङ - मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाए ।
त्यसपछि उनले युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन सुरु गरे ।
सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । दुई बूढाबूढी, जेठो, कान्छो छोरो र एकजना सहयोगीका साथ बाख्रापालन गरिरहनुभएका सुवेदीको पहिलो भनाइ छ – “पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ । उहाँले बाख्रापालन २०७० को असारमा सुरु गर्नुभएको हो । बाख्रापालन व्यवसायले काम र दाममात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उनको भनाई छ ।
अहिले सुवेदीको गोठमा एक सय बढी बाख्रापाठा छन् । स्थानीय जातका बाख्रामा उन्नत जातको बोको लगाएर उत्पादन गरिएका बोका–पाठीको माग धान्न उहाँलाई हम्मे–हम्मे छ । जन्मिनेबित्तिकै ‘बुक’ हुन्छ – फणीन्द्रकी पत्नी सावित्राले हौसिँदै भने – “दुई बिगाहा जग्गामा धानखेती गर्दा पनि घरको गर्जो टार्न नसकेर छोरालाई वैदेशिक रोजगारमा पठाउनुभएका फणीन्द्रले बाख्रापालनमा पैसा देखेपछि जेठो छोरा टेकनाथलाई पनि घर बोलाएको बताए ।
आफ्नै घरमा व्यवसाय गर्न छोरालाई बोलाएको सावित्राको भनाइ छ । उहाँहरूले अहिले धान रोप्न छोडेर एक बिगाहामा उन्नत जातको बाख्राको घाँस लगाएका छन् । तीन वर्षको अवधिमा बाख्रापालनमा उनको रु १० लाख लगानी भइसकेको छ । तर, लगानी भएसँगै बोकापाठी बेचेर उनले झन्डै वार्षिक रु १६ लाख आम्दानी लिईसकेका छन् । एक सय पचास माउ बाख्रा बनाउने लक्ष्यका साथ व्यवसायमा होमिनुभएका सुवेदी भन्नुहुन्छ – “अहिले भएका बाख्रा र तीनवटा बोकाको न्यूनतम मूल्य नै रु पाँच लाखभन्दा धेरै हुन्छ । व्यवसाय गर्न छिमेकी गाविस व्यरवन–१ हरकपुरको बालसूर्य बचत तथा ऋण सहकारी संस्था लिले युवा स्वरोजगार कोषको रु दुई लाख कर्जा उपलब्ध गराएको हो । सोही रकमलाई परिचालन गरी व्यवसाय सुरु गर्नुभएका सुवेदी आगामी दिनमा मासुका लागि खसी पनि पाल्ने सोचाइमा हुनुहुन्छ ।
बोका–पाठीको माग धान्नै गाह्रो भएकाले हाललाई यही व्यवसाय विस्तार गर्ने उनले बताए । श्वाससहितको बोका प्रतिकेजी रु एक हजार र पाठी प्रतिकेजी रु ७००का दरले बिक्री गरिरहेका सुवेदी आफ्नै गाउँमा अझै ८÷१० वटा फार्म सञ्चालन गर्नुपर्ने बताउँछन् । तीन महिनाको बोको २०÷२२ केजीको हुन्छ । यही मूल्यमा बेच्दा पनि एउटा बोकाको मूल्य सामान्यतयाः रु २० हजार पर्छ । उहाँले पैसा कमाउन विदेश गइरहनु नपर्ने तर्क दिँदै भने ।
मुलुकका धेरै स्थानमा युवा स्वरोजगार कोषको रकम दुरुपयोय भइरहेको खबर सञ्चारमाध्यममा आइरहेका बेला बाल सूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमचन्द्र भण्डारीले भने आफ्नो संस्थामार्फत लगानी भएको रकम साँच्चीकै आय आर्जनमा लगानी भएको बताए । भण्डारीका अनुसार संस्थाले गाईभैँसीपालन, कुखुरापालन, बङ्गुरपालन, व्यापार र घरेलु उद्योगमा रु ४० लाख लगानी गरेको छ । उनले सबै सेयर सदस्यले लगानीलाई आय आर्जनमा परिचालन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण