शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एनआरएन एनसीसीको चौथो परिषद भेला सम्पन्न

आइतबार, १४ जेठ २०७४, १० : ०२
आइतबार, १४ जेठ २०७४

दिल कुमार श्रेष्ठ

दोहा, जेठ १४ – एनआरएन एनसीसी कतारले चौथो परिषद भेला सम्पन्न गरेको छ ।  भेलाबाट कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सर्वसम्मतले पास गरिएको हो ।

भेलाले यसपाली पंजीकृत सदस्यता शुल्क ५५ रियल कायम गरेको छ । पंजीकृत सदस्यता शुल्कका बिषयमा अघिल्ला महाधिवेशन पनि पार्षद सदस्यहरुले घटाउनु पर्ने माग राख्दै आएको भए पनि घटेको थिएन ।

यसपटकको अन्तिम भेलाले भने कतारका तल्लो स्तरका श्रमिकहरुलाई समेत मध्य नजर गर्दै सदस्यता शुल्क घटाउन भेलाबाट आएको आवाजलाई सर्वसम्मतले पास गरेको छ ।

यो कार्यकालको चौथो तथा अन्तिम परिषद भेलामा महासचिबले प्रस्तुत गरेको संगठानिक कार्यप्रगती प्रतिवेदन उपर सुझाब सल्लाहसहित अनुमोदन गरिएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष भेषराज पराजुलीले प्रस्तुत गरेसंगै पार्षद सदस्यहरुमा सामान्य जिज्ञासा देखिएकामा अध्यक्ष तामाङले तत्काल विषयगत रुपमा जवाफ दिएका थिए ।

आर्थिक गतिबिधिका रुपमा अघिल्ला भेलामा देखिएका बेरुजु हिसावहरुलाई समेत स्पष्ट पारिएको थियो । त्यस्तै, एनआरएनए एनसीसीले विधान – २००३ लाई आठौँ संसोधन गरेको छ । एनआरएनए आईसीसीले पठाएको नमुना विधानलाई आधार मान्दै आठौँ संसोधित बिधान तयार गरिएको थियो । मस्यौदा समितिले ल्याएको २००३ को विधानलाई आठौँ संसोधन सहित परिमार्जन गर्दै बिधान मस्यौदा समितिका संयोजक पूर्ण केसीले प्रस्तुत गरेका थिए । मस्यौदा समितिले ल्याएका संसोधित विधानलाई बुदागत रुपमा व्यापक बहस र छलफल गर्दै सुझाव सल्लाहसहित सर्वसम्मतले पारित गरेको थियो ।

भेलाले आगामी आर्थिक बर्षका लागी नविकरण तथा नयाँ सदस्यता आबेदन खुल्ला गरेको छ । २७ मे २०१७ देखि खुल्ला गरिएको आवेदनको अन्तिम मिति आगामी १४ जुलाई २०१७ सम्म रहने जानकारी दिएको थियो ।

कार्यक्रमको सभापतित्व एनसीसी अध्यक्ष बिनेश तामाले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप