शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘सुस्ताको विकास निर्माणमा भारत बाधक’

आइतबार, १४ जेठ २०७४, १० : ०८
आइतबार, १४ जेठ २०७४

परासी, १४ जेष्ठ । सुस्ताको पीडक भारतीय सुरक्षाकर्मी भएको नवलपरासीका सांसद देवकरण कलवारले बताएका छन् । भारतीय सुरक्षाकर्मीहरुले सुस्ताबासीलाई विभिन्न बहानामा पटक पटक दुःख दिने गरेको सांसद कलावरले बताएका हुन् ।

लामो समयदेखि भारतीय पक्षले सुस्ता भुभाग मिचिदै आएको छ जसलाई सुस्ताबासीले नै आफनो ज्यान जोखिममा हालेर यसको संरक्षण गर्दै आएका छन् ।

जिल्लाको त्रिवेणी क्षेत्र तथा नरायणी नदि नजिकै भएको सुस्तालाई भारतले नेपाली भुमिहरुलाई मिच्दै पटक पटक जग्गा अतिक्रमण गर्दै आएको छ । सुस्तावासीहरुले बजार गर्न भारतीय क्षेत्रमा जाँदा भारतीय एसएसबीले सुस्ताको नागरीकहरुलाई सीमा क्षेत्रमा रोक लगाउदै विभिन्न बहानामा मानसिक यातना दिने गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले सुस्तामा राखेको वार्षिक उत्सवको कार्यक्रममा सांसद कलवारले भारतीय एसएसविले नेपालमा तटबन्ध लगायत सीमा नजिकै नेपालको भुमिहरुमा हुने कलभट निर्माणलाई समेत रोकेको बताए ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोग की सदस्य तथा प्रवक्ता मोहना अंसारीले सुस्ता नेपालमा रहेको तर यहाँ विकासको गतिलाई हेर्दा शिक्षा, स्वास्थ्य, खानेपानि लगायत बाटोको समेत समस्या भएकोले स्थानियको अधिकार सुनिश्चित नभएको बताइन् । राष्ट्रिय मानवअधिकार आयोगले १५ वर्ष पार गर्दै १६ वर्षमा लगेकोले आफ्नो वार्षिक उत्सव सुस्तामा मनाएको थियो ।

सोही क्रममा राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलका बुद्धनराण सहानीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलमा ५०२ वटा उजुरीहरु प्रक्रियामा रहेको बताए भने नवलपरासी बाट ८४ वटा उजुरी परेको सहानीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप