शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शिखर क्रेजी सेल मेला आजदेखि : १५% देखि ८५% सम्म छुट

आइतबार, १४ जेठ २०७४, १० : १८
आइतबार, १४ जेठ २०७४

काठमाडौँ, जेठ १४ – नेपालको फुटवयर ब्राण्ड शिखर सुजले आइतबारदेखि क्रेजी सेल मेला राजधानीको भृकुटीमण्डपमा शुरु गरेको छ ।

यस मेलामा १५% देखि ८५% सम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस मेलामा रु १०० देखि माथीका जुत्ता चप्पल विक्री गरिने छ । मेलामा विशेष गरि गर्मियामका लागी उपयुक्त हुने जुत्ता तथा चप्पल पाइने छन् । मेलामा सबै उमेर समुहका महिला तथा पुरुषलाई उपयुक्त हुने जुत्ता तथा चप्पल उपलब्ध हुनेछन् । यो मेला स्टक रहुन्जेलसम्म सञ्चालन हुनेछ ।

मेलामा नयाँ डिजाईनका जुत्ता तथा चप्पल समेत विक्रि गरिनेछ ।

मेलामा पार्टी सुज, स्पोर्टस सुज, स्कुल सुज, क्याजुयल सुज, चप्पल लगायतका सबै उत्पादनका भेराईटी पाईने छ ।

यो योजना शिखर सुजका आधिकारीक सोरुमहरुमा समेत लागु हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप