शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरमा देवी र रेणुको मतान्तर घट्दै, तीन वडाको मतले मेयरको भविश्य निर्धारण गर्ने

आइतबार, १४ जेठ २०७४, १० : ३०
आइतबार, १४ जेठ २०७४

चितवन, जेठ १४ – चार महानगरमध्ये सवैभन्दा चर्चामा आएको भरतपुर महानगरापालिकाको मत गणना अन्तिम चरणमा पुग्दै गर्दा मेयरका दुई उम्मेदवारवीचको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

आइतबार विहानसम्मको मत गणना अनुसार एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहाललाई पछि पार्दै आफ्नो अग्रता कायम राखेका छन् । तर, मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा उनको अग्रता भने घट्दै गएको छ ।

जारी मतगणनामा अब १९, २० र २१ गरी तीन वटा वडाको मात्रै मत गन्न बाँकी छ । भरतपुर महानगरमा कुल खसेको एक लाख १२ हजार ९ सय सात मत मध्ये अब तीनवडाको ९ हजार ७ सय ३० मत गन्न बाँकी छ ।

वडा नम्बर १८ को मत गणना सकिँदा देवी ज्ञावली माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहालभन्दा ११ सय १२ मतले अघि छन् ।

वडा नम्बर १९ मा एमालेले आफ्नो पकड रहेको दावी गरको छ भने त्यो वडामा कांग्रेसको पनि राम्रै प्रभाव छ । त्यस्तै २० र २१ मा कांग्रेस र एमालेको झण्डै बराबरी मत रहेको छ ।

यसरी हेर्दा भरतपुरका दुई उम्मेदवारवीचको प्रतिश्पर्धामा थोरै मात्र मतान्तरले हारजित हुने देखिएको छ ।

जिल्ला निर्वाचन कार्यलय चितवनका प्रमुख हरि ढकालका अनुसार सोमबार विहानसम्म महानगरको अन्तिम परिणाम सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप